आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

लिपुलेकबाट सरकार पछाडि हटेको छैन, कुटनीतिक समाधान खोज्छौं : मन्त्री गुरुङ

लिपुलेकबाट सरकार पछाडि हटेको छैन, कुटनीतिक समाधान खोज्छौं : मन्त्री गुरुङ

भाद्र ६, २०८२ शुक्रवार
भाद्र ६, २०८२ शुक्रवार
  • लिपुलेकबाट सरकार पछाडि हटेको छैन, कुटनीतिक समाधान खोज्छौं : मन्त्री गुरुङ

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको बताएका छन् । प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले लिपुलेक नेपालकै भूमि भएको तर भारतले उपयोग गर्दै आएको बताए ।

    लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै उनले अब कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्ने बताए । ‘डिप्लोमेटिक डाइलगको माध्यमबाट समस्या समाधान गर्ने हो, लडाई गरेर प्राप्त गर्ने त कल्पना गरेका छैनौं,’ उनले भने ।

    उनले उक्त भूमि नेपालकै भएको उल्लेख गरे । उनले भने, ‘त्यो भूमि हाम्रै हो । बीचमा अतिक्रमण हुँदै गएर क्लेम गर्न नसकेर हेरेर बसेको हुनाले उसैको (भारत) जस्तो भो । उपभोग पनि उसैले गरेको स्थिति छ ।’

    नेपाली भूमि लिपुलेकबाट व्यापार गर्न भारत र चीनले गरेको सहमतिको विरोध गर्दै दलहरूले कूटनीतिक वार्तामार्फत यसको समाधान गर्नुपर्ने बताएका छन् । प्रवक्ता गुरुङले लिपुलेक, लिम्पियाधुरा नेपालकै भूमि भएकाले त्यसबाट पछि नहट्ने बताए । ‘लिपुलेक लिम्पियाधुरा नेपालको भूमि हो । नेपालको स्वामित्वमा रहेको जग्गा हो । नेपालले त्यसलाई क्लेम गर्छ । तथ्य प्रमाणले त्यही कुरा गर्छ,’ उनले भने, ‘त्यसबाट हामी पछि हटेको होइन । हट्ने कुरै छैन । अन्तर्राष्ट्रिय फोरमहरूमा सरकारले नगर्ने कुरै छैन ।’

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार