आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

लिपुलेक बारे भारत र चीनबीच भएको सहमति हाम्रो स्वाधीनतामाथि प्रहार हो - राजेन्द्र लिङदेन

लिपुलेक बारे भारत र चीनबीच भएको सहमति हाम्रो स्वाधीनतामाथि प्रहार हो - राजेन्द्र लिङदेन

भाद्र ६, २०८२ शुक्रवार
भाद्र ६, २०८२ शुक्रवार
  • लिपुलेक बारे भारत र चीनबीच भएको सहमति हाम्रो स्वाधीनतामाथि प्रहार हो - राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले लिपुलेक बारे भारत र चीनबीचको सति प्रति आपत्ति जनाउदै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष असर पार्ने निर्णयमा नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै एकतर्फी रूपमा लिइएको कदम देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार भएको बताएका हुन् ।

    उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण, नक्सा र सन्धिसम्झौताहरूले स्पष्ट देखाउँछ भन्दै यसरी नेपालसँग छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग खोल्ने सहमति गर्नु नेपालप्रति असम्मानजनक मात्र नभई अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादाविपरीतको कार्य भएको बताएका छन् ।

    उनले भएका छन्-

    भारत र चीनबीच हालै भएको सहमति अनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष असर पार्ने यस्ता कुनै पनि निर्णयमा नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै एकतर्फी रूपमा लिइएको कदम हाम्रो देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार हो।

    लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण, नक्सा र सन्धिसम्झौताहरूले स्पष्ट देखाउँछन्। यसरी नेपालसँग छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग खोल्ने सहमति गर्नु नेपालप्रति असम्मानजनक मात्र नभई अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादाविपरीतको कार्य हो।

    राप्रपा नेपालको भूस्वाधीनता र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिएको छ। यस विषयमा नेपाल सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्न माँग गर्दछ।

    साथै, नेपाली भूमि र स्वाधीनतामाथि कुनै पनि प्रकारको अतिक्रमण वा उल्लङ्घन सह्य नहुने स्पष्ट सन्देश दिन सरकारसँग आग्रह गर्दछु। यस सन्दर्भमा राप्रपा सरकारको साथमा रहनेछ । राष्ट्रियताको सवालमा सबै दलहरूका बीचमा राष्ट्रिय सहमतिका लागि समेत आग्रह गर्दछु।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार