आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व

एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व

भाद्र ६, २०८२ शुक्रवार
भाद्र ६, २०८२ शुक्रवार
  • एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व

    हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन करोड ५० लाख राजस्व सङ्कलन गरेको छ ।

    उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड ३३ लाख ८८ हजार, सम्पत्ति कर रु ४५ लाख ९९ हजार, घरबहाल कर रु ६५ लाख २० हजार, बहाल बिटोरी कर रु १६ लाख ४५ हजार, व्यवसाय कर रु ४१ लाख १७ हजार र प्रशासनिक दण्ड जरिवाना र जफत बापत रु दुई लाख ३१ हजार सङ्कलन भएको हो । यो गत आवको सोही अवधिको तुलनामा रु एक करोडले कम हो ।

    आव २०८१/८२ मा सम्पत्ति कर रु एक करोड ४४ लाख, ८५ हजार, पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड १८ लाख ७५ हजार, घरबहाल कर रु ५० लाख ६५ हजार, सिफारिस दस्तुर रु ३३ लाख ४० हजार, बहाल बिटोरी कर रु १८ लाख ७८ हजार, व्यवसाय कर रु ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबापत रु पाँच लाख ९६ हजार राजस्व सङ्कलन भएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार