आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै

साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै

भाद्र ६, २०८२ शुक्रवार
भाद्र ६, २०८२ शुक्रवार
  • साफ यू–१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै

    नेपालले आज साफ यू१७ महिला च्याम्पियनसिपमा आयोजक भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुदैछ ।  यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो । त्यस्तै भुटानले पनि आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ गोल अन्तरको हार बेहोरेको थियो ।

    अगस्त ३१ सम्म हुने साफ यू१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएकाछन् । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

    नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

    नेपाली खेलाडी

    गोलकिपर: झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।

    डिफेन्डर: दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।

    मिडफिल्डर: डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।

    फरवार्ड: अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार