आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

मलाई एमालेमै रहेर काम गर्न कसैले रोक्न सक्दैन- विद्या भण्डारी

मलाई एमालेमै रहेर काम गर्न कसैले रोक्न सक्दैन- विद्या भण्डारी

भाद्र ५, २०८२ बिहिवार
भाद्र ५, २०८२ बिहिवार
  • मलाई एमालेमै रहेर काम गर्न कसैले रोक्न सक्दैन- विद्या भण्डारी

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुले एमालेमै रहेर राजनीति गर्ने स्पष्ट गरेकी छन् । बिहीबार काठमाडौंमा आयोजित आफ्नो सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुलाई एमालेबाट राजनीति गर्न कसैले रोक्न नसक्ने भन्दै आफुले एमालेबाट नै राजनीति गर्ने बताएकी हुन् ।

    भण्डारीले २०५१ सालदेखि नै एमाले सरकारमा निरन्तर रहेको बताउदै अब पार्टीको कामको मुल्यांकन हुनुपर्ने समेत माग गरेकी छन् । उनले पार्टीका विसंगतिलाई जोडदार रुपमा उठाउने बताउदै सरकारले सुशासन प्रवर्वद्धन गर्न नसकेको टिप्पणी गरेकी छन् ।

    उनले भनिन्- 'राजनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टाएको छ। त्यो पनि फस्टाइरहेको छ। त्यसलाई समाधान गर्न सकिरहेका छैनन् । सुशासन प्रवर्द्धन गर्न सकिरहेका छैनन्। राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेका छैनन् । राज्यका संयन्त्रहरू पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। अहिले संसदीय अभ्यासको कुरा गर्दा संसद् नै एउटा निरीह थलो भएर बसिरहेको छ ।'

    काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा राखिएको सम्पर्क कार्यालयको आज उदघाटन गरिएको छ ।भण्डारी समुहले यसलाई 'मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनेको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । भण्डारी समितिकी संरक्षक समेत रहेकी छन् ।

    मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति यस अघि नै बनाइएको छ । अहिले भाडामा लिइएको यसै घरबाट मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएको बताइएको छ । मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन् भने अहिले भण्डारीले सोहि घरलाई भाडामा लिएर एमालेमा आफ्नो प्रभाव जमाउने प्रयास गर्ने भएकी छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार