आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

सरकारको गति मिलेन, ढंग पनि पुगेनः गगन थापा

सरकारको गति मिलेन, ढंग पनि पुगेनः गगन थापा

भाद्र ५, २०८२ बिहिवार
भाद्र ५, २०८२ बिहिवार
  • सरकारको गति मिलेन, ढंग पनि पुगेनः गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आफ्नो आफुले जनताका अगाडी गरेको प्रतिबद्धता अनुसार कम नगरेको आरोप लगाएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस-एमालेको गठबन्धन बन्दा गरेका प्रतिबद्धतामा काम नभएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले संबिधान संशोधनको काम अहिलेसम्म शुरु नभएको भन्दै असन्तुष्टि जनाएका छन् । महामन्त्री थापाले सरकारको ध्यानाकर्षण गराउदै संबिधान संशोधनको तयारीका लागि काम गर्न आग्रह गरेका छन् ।

    उनले सरकारले काम गर्न ढंग नपुर्याएको आरोप लगाए । उनले सरकारको काम गर्ने गति नमिलेको, फोकस नभएको आरोप लगाउदै सहकारी प्रकरणलाई गलत तरिकाले अगाडी बढाइएको बताए । उनले अहिलेसम्म सहकारी पिडितले आफ्नो पैसा फिर्ता नपाएको बताए ।

    उनले भने- 'सरकार बन्दाको उत्साह अहिले मरेको जस्तो भएको छ, हामिसँग समय धेरै छैन । यसलाई सुधारेर जानु पर्छ । सरकारको गति मिलेको छन् । यसलाई मिलाउनु पर्छ र जनताको उत्साह जगाउनुपर्छ ।'

    महामन्त्री थापाले सरकारको आलोचना गर्दै ड्राइभिङ सिटमा बसेको मान्छेले राम्रोसँग गाडी नचलाएको आरोप लगाउदै सरकारको गति नमिलेको बताए ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार