आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

कुनै पनि कारणले बन्द गर्न नहुने कानून बनाऔं - सुमना श्रेष्ठ

कुनै पनि कारणले बन्द गर्न नहुने कानून बनाऔं - सुमना श्रेष्ठ

भाद्र ५, २०८२ बिहिवार
भाद्र ५, २०८२ बिहिवार
  • कुनै पनि कारणले बन्द गर्न नहुने  कानून बनाऔं - सुमना श्रेष्ठ

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नहुने प्रावधान विधेयकमा समावेश गर्नुपर्ने बताएकी छन् ।

    बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले निजी विद्यालयका शिक्षकहरूको हकमा समेत बन्द र हड्ताल गर्न नपाउने व्यवस्था राख्नुपर्ने जोड दिइन् ।

    ‘विद्यालय र विश्वविद्यालय कुनै पनि पक्षले बन्द वा तालाबन्दी गर्न पाउँदैन,’ उनले भनिन्, ‘जुनसुकै कारणले भए पनि विद्यार्थीको मौलिक शिक्षाको अधिकार हनन गर्नुहुँदैन ।’उनले थपिन्, ‘हामीले शिक्षकहरूको हकमा बन्द र हड्ताल गर्न नपाउने व्यवस्था विधेयकमा राखेका छौँ । यो प्रावधान निजी विद्यालयका लागि पनि लागू गर्नुपर्छ । कुनै पनि बहानामा विद्यालय बन्द गर्नुहुँदैन ।’

    सांसद श्रेष्ठले अनिवार्य र निःशुल्क शिक्षाको अधिकार सबै विद्यार्थीले पाउनुपर्नेमा जोड दिइन् ।बिहीबारको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल भएको थियो । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार