Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

पितृसतात्मक संरचनाका कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको समाजलाई पाच्य छैनः आरजु राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले पितृसतात्मक संरचना भएको कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको अझै पनि समाजलाई पाच्य नभएको बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित विगत वर्तमान र भविष्यमा नेपाल महिला संघको भूमिका नामक एकदिवसीय विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले महिलाहरु निडर भएर योद्धाको रुपमा आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिईन् ।

उनले भनिन्,‘यो पितृसतात्मक संरचना भएको कारण महिलाहरु शक्तिशाली नेतृत्वमा गएको अझै पनि हाम्रो समाजलाई पाच्य छैन् । तर हामी डाराउन चाँही हुँदैन् । मलाई लाग्छ हामी एउटा योद्धाको रुपमा पनि आफूलाई स्थापित गरेर अगाडि बढ्नुपर्छ । यसमा सम्पूर्ण महिला संघको साथिहरुले साथ दिनुहुन्छ भन्ने आशा छ ।’

Aarju Ran (2).jpg

त्यस्तै मन्त्री राणाले पितृसतात्मक समाजकै कारण महिलाहरु जति अगाडि बढ्यो त्यति पछाडि धकेलिने समस्या पनि रहेको सुनाईन् । उनले अहिले आफू मन्त्रीको रुपमा उभिदैगर्दा यसठाउँसम्म आइपुग्न आफूले विगतमा महिला भएकै कारण गर्नुपरेका संघर्षको स्मरण समेत गरिन् । ‘हामी पितृसतात्मक समाजमा अझै पनि छौं । त्यसैले हाम्रो सामुहिक समस्याहरु पनि धेरै छन् । हामीले जानुपर्ने बाटो त्यति सजिलो छैन् । हामी अगाडि बढ्छौं ,तर फेरी हामीलाई पछाडि धकेलिन्छ । यस्तो समयमा एकजुट भएर अगाडि बढेनौं भने धेरै गाह्रो हुन्छ । आज म पनि तपाईहरुसामु मन्त्री भएर उभिएको छु तर यहाँसम्म आइपुग्दा मेरो पनि धेरै संघर्ष छ,’उनले भनिन् ।

महिलाहरुको विषयलाई सम्बोधन गर्ने पार्टी कांग्रेस बाहेक अरु कुनै नभएको उनको दाबी छ । नयाँपार्टीले मन्त्री पदपनि चिठ्ठामा पाएको टिप्पणी गर्दै मन्त्री राणाले उनीहरुले संघर्ष बुझ्न नसक्ने धारणा राखिन् । महिलाहरुलाई अगाडि बढ्ने कुरामा आफु र आफ्नो पार्टिले समेत सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने उनले बताईन् ।