मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२५ मा सेरेसले विशेष ३एक्स अफर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार प्रदर्शनी अवधिभर (भदौ ८ गतेसम्म) लागु हुने यो अफरले ग्राहकलाई बढी मूल्य र निश्चितता दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ । अफरमार्फत सेरेसको स्वामित्व अझ सजिलो र लाभदायी हुने विश्वास लिइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सेरेसको ३एक्स अफर अन्तर्गत मुख्यतः ३ फाइदाहरु समेटिएका छन् । जसअन्तर्गत पहिलो अफरमा तीन वर्षसम्मको सम्पूर्ण बिमा कभरेज रहेको छ । त्यसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै दोस्रोमा खरिदमा तीन गुणासम्मको नगद छुट, जसले गाडीलाई अझ किफायती बनाउँछ र तेस्रो, बुकिङ रकमलाई तीन गुणा बराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिने कम्पनीको दाबी रहेको छ । यसमार्फत ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।
सेरेसले नाडा अटो शोमा एसयूभी ‘सेरेस ३’ प्रस्तुत गरिएको छ, जसमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनलाई प्राथमिकता दिइएको छ । कम्पनीका अनुसार, सेरेस ३ आजका चालकका लागि तयार गरिएको भए पनि भविष्यको मोबिलिटीको प्रतीकका रूपमा पनि प्रस्तुत गरिएको छ ।
सेरेसले यसअघि ४,६६० मिटर उचाइमा अवस्थित लोमान्थाङसम्म पुगेर इतिहास रचेको थियो । कोरालापास हुँदै सम्पन्न यो कठिन यात्रालाई सफलतापूर्वक पार गर्ने सेरेस नेपालकै पहिलो ईभी भएको कम्पनीले जनाएको छ । यस उपलब्धिले सेरेस वास्तवमै नेपालका भौगोलिक कठिनाइका लागि बनेको हो भन्ने पुष्टि गरेको कम्पनीको दाबी छ ।