Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १६ सयले घटेर तोलाको एक लाख ९३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९५ हजार एक सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर २२५५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३ सयमा कारोबार भएको थियो ।