Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

माछापुच्छ्रे बैंकले गर्‍यो विद्यालयलाई झोला र तातो चिसो पानी आउने वाटर डिस्पेन्सर वितरण

माछापुच्छ्रे बैंक पाल्पा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता माध्यमिक विद्यालय ता.न.पा ३ मा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला र विद्यालयको लागि तातो चिसो पानी आउने वाटर डिस्पेन्सर वितरण गरेको छ।

बैंकले विद्यार्थीहरुको आवश्यकता अनुरुप विपन्न वर्गका विद्यार्थीहरुलाई झोला तथा विद्यार्थीहरुलाई गर्मी तथा जाडो मौसममा तातो चिसो पानी पिउन मिल्ने डिस्पेन्सर सहयोग गरेको हो।


सोमबार एक कार्यक्रमको आयोजना गरि सोही विद्यालयको अध्यक्ष भोजराज पोखरेल र प्र.अ हरि प्रसाद घिमिरेलाई बैंकका शाखा प्रबन्धक विक्रान्त राणाले हस्तान्तरण गरेको हो।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक पाल्पा शाखालाई विद्यालयको तर्फबाट अध्यक्ष पोखरेलले धन्यवाद दिए भने प्र.अ हरि प्रसाद घिमिरेले बैंकहरुले पछिल्लो समयमा सामुदायिक विद्यालयहरुमा यस्ता कार्यक्रमले ठूलो टेवा पुगेको बताए ।

साथै, शाखा प्रबन्धक विक्रान्त राणाले माछापुच्छ्रे बैंकको प्रतिनिधित्व गरि सहयोग गर्न पाउदा खुसी ब्यक्त गरे। उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा शिक्षकहरुको उपस्थिति थियो।