सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

सामसङले नेपाली उपभोक्ताका लागि QLED टिभीमा भिजन एआई ल्याउँदै

सामसङले नेपाली उपभोक्ताका लागि QLED टिभीमा भिजन एआई ल्याउँदै

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • सामसङले नेपाली उपभोक्ताका लागि QLED टिभीमा भिजन एआई ल्याउँदै

    सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ QLED  टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउने कम्पनीको विश्वास छ।

    यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआईले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिने बताइएको छ। नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहँदै, सामसङको यो नयाँ श्रृंखलाले टिभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै, दैनिकीलाई अझ समृद्ध बनाउने स्मार्ट साथीमा रूपान्तरण गर्ने कम्पनीको दाबी छ ।

    सामसङ भिजन एआई को अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआईबाट अझ शक्तिशाली बनाउँदै, प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिनुको साथै, यो प्रविधि तीन आधारभूत स्तम्भमा बनेको छ । एआई मोडः उन्नत डीप–लर्निङ्ग एल्गोरिदम प्रयोग गरी, हेर्दै गरेको कन्टेन्ट र वरिपरिको वातावरण अनुसार वास्तविक समयमा मिलाइन्छ। यसले हरेक पटक चमत्कारिक दृश्य र जीवन्त आवाज सुनिश्चित गर्छ। एआई एक्स्पीरीएन्स प्रयोगकर्ताको रोजाइ समयसँगै सिकेर, कन्टेन्ट सुझाव र सेटिङ्गलाई व्यक्तिगत बनाउँछ। यसले टिभीसँगको सम्पूर्ण अनुभवलाई अझ स्मार्ट र सहज बनाउँछ।

    मल्टी-डिभाइस कनेक्तिभीटीस् टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य स्मार्ट उपकरणसँग सजिलै जडान गर्न सकिन्छ। यसले कन्टेन्ट साझा गर्न, नियन्त्रण गर्न र सम्पूर्ण सामसङ इकोसिस्टममा निरन्तरता कायम राख्न सहज बनाउँछ।

    “सामसङ भिजन एआईले व्यक्तिगत र एआई-समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ, जहाँ हेर्ने व्यक्तिको प्राथमिकता हेर्ने सामग्रीभन्दा पनि महत्वपूर्ण हुन्छ। यसलाई सामसङले  ‘It’s Your Show’ भनेको छ — यस्तो अनुभव जहाँ नियन्त्रण पूर्ण रूपमा प्रयोगकर्ताकै हातमा हुन्छ। हाम्रो नयाँ एआई टिभीहरूले प्रत्येक दृश्यमा नयाँ जीवन भरेका छन्, जसले घरमै सिनेमाजस्तो अनुभवको नयाँ मापदण्ड कायम गर्छ।

    यस एआई–संचालित स्क्रिनहरूको नयाँ युगसँगै, हामी नयाँ पुस्ताका टिभीहरू छिटो अपनाइनेमा र प्रिमियम टिभी सेग्मेन्टमा हाम्रो नेतृत्व अझ मजबुत हुनेमा आत्मविश्वासी छौं,” सामसङ नेपालका ऋभ् बिजनेस हेड मिलन कुमार झाले भने।

    सामसङ भिजन एआईस् स्मार्ट र व्यक्तिगत मनोरञ्जन अनुभवको नयाँ पुस्ता

    सामसङ भिजन एआईले स्क्रिनहरूलाई अझ स्मार्ट, सहज र व्यक्तिगत बनाउन ठूलो फड्को मारेको छ। यसले टेलिभिजनलाई केवल डिस्प्ले नभई, वरिपरिको वातावरण र प्रयोगकर्ताको बानीअनुसार प्रतिक्रिया दिने स्मार्ट हब मा रूपान्तरण गर्छ। यसरी टिभी दैनिकीमा सजिलै मिसिन्छ र बुद्धिमान साथी जस्तै अनुभव दिन्छ।

    ठूलो स्क्रिन अनुभवलाई पुनर्परिभाषित गर्ने केही प्रमुख फिचरहरू:

    युनिभर्सल जेस्चर कन्ट्रोल: अब रिमोट बिना नै सजिलो हातका इशारामार्फत सामसङ Smart एआई TV नियन्त्रण गर्न सकिन्छ। एआई प्रविधि र ग्यालेक्सी वाचको सहयोगमा हातका चालहरू चिन्न सकिने भएकाले टिभी फङ्सनहरू सहज रूपमा चलाउन सकिन्छ।

    एआई अपस्केलिंग: कम रिजोलुसनको कन्टेन्टलाई 4K गुणस्तरमा रूपान्तरण गर्छ। सामसङ को NQ8 एआई Gen3 प्रोसेसरद्वारा सञ्चालित यो फिचरले तस्वीरलाई अझ तीक्ष्ण र स्पष्ट बनाउँदै जीवन्त दृश्य अनुभव दिन्छ।

    जेनारेटिभ वलपेपर: निष्क्रिय स्क्रिनलाई व्यक्तिगत कला–क्यानभासमा बदल्छ। एआई को सहयोगमा मूड वा अवसरअनुसार अद्वितीय 4K चित्र सिर्जना गरेर प्रयोगकर्ताले आफ्नो टिभीलाई व्यक्तिगत बनाउन सक्छ।

    मल्टी-डिभाइस कनेक्टिभीटी: स्मार्टथिंग्स मार्फत घरको अवस्थाबारे वास्तविक समयको जानकारी र ऊर्जा प्रयोगको निगरानी उपलब्ध गराउँछ। यसले आवश्यक सुझावहरू दिँदै, प्रयोगकर्ता घरमै होस् वा बाहिर, दुवै अवस्थामा शान्तिको अनुभव दिलाउँछ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार