सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ गते २०८२

२०८२, भाद्र २ गते

18th Aug 2025

    सोमवार, भाद्र २ २०८२

टप एन्ड टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार

टप एन्ड टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • टप एन्ड टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार

    अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाली टोली सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो ।

    टस जितेर पहिले ब्याटिङको निर्णय लिएको मेलबर्न स्टार्स एकेडेमीले निर्धारित ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले निर्धारित ओभरमा सात विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।

    जारी प्रतियोगितामा नेपाली टोलीले भोगेको यो लगातार तेस्रो हार हो । यसअघि, आफ्नो पहिलो खेलमा नेपाली टोली एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले पराजित भएको थियो ।

    नेपाली टोलीका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ५३ रन बनाए । यस क्रममा उनले एक छक्का र तीन चौका प्रहार गरे । उनी दूर्भाग्यपूर्ण तरिकाले रन आउट भएका थिए ।

    कप्तान रोहित कुमार पौडेलले पनि ३३ रन बनाए । उनले ३१ बलमा तीन चौका हिर्काए । ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा २५ रन थपे । उनले १३ बलमा चार चौका प्रहार गरे । कुशल मल्लले ११ रन बटुले ।

    त्यसअघि, मेलबर्न स्टार्स एकेडेमीका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशकीय पारी खेलेका थिए । ओपनर टम रोजर्सले ६५ रन बनाए । उनले केवल ४६ बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए ।

    तेस्रो नम्बरमा क्रिज समाल्न आएका ब्लेक म्याकडोनल्डले पनि टोलीका लगि ७४ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४७ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए ।

    विकेटकिपर ब्याट्सम्यान साम हार्परले ११ रन बनाए । मेलबर्न स्टार्स एकेडेमीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन विकेट लिए ।

    प्रभावशाली लेग–स्पिनर सन्दीपले चार ओभरमा २६ रन खर्चिएका थिए । जारी शृंखलामा उनले लिएको विकेट संख्या सात पुगेको छ । सोमपाल कामी र साहब आलमले पनि एक–एक विकेट हात पारे ।

    टप इन्ड सिरिज अगस्ट २४ तारिखसम्म सञ्चालन हुनेछ । शृंखलामा नेपालले आफ्नो चौथो खेल मंगलबार हरिकन्ससँग खेल्नेछ । नेपालले २० तारिखमा रेनगेड्ससँग पाँचौं र २२ तारिखमा पाकिस्तान ‘ए’सँग छैटौं खेल खेल्नेछ ।

    यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ । दोस्रो शृंखलामा पनि नेपाली टोलीले कूल पाँच खेल खेल्नेछ । दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्त २६ तारिखमा पहिलो खेल खेल्नेछ ।

    सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ । अगस्ट २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ । सोही दिन नेपालले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ । नेपालले आफ्नो पाँचौं खेल ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्नेछ ।

    नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

    छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।

    अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी आईसीसी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट