Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फेरि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ९६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।