Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ बार्षिक उत्सवको शुभअवसरमा स्वस्थ्य जीवन को लागि जीवनबीमाको महत्व भन्ने मूल सन्देशसहित काठमाडौंसहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरेकोे छ ।

 जीवन बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले देशका सातै प्रदेशमा रहेका शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा उक्त दिवसलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको थियो ।

कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारहरुको सहभागिता रहेको थियो । 
 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुबै जीवनको आधार हुन। प्रभातफेरीमार्फत हामी नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्दै जीवन बीमाको आवश्यकता र फाइदा बुझाउन चाहन्छौं ।