Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

इटहरी उपमहानगरको बजेट पारित

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२- ८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको छ ।

शनिबार सम्पन्न नगरको १६औं नगरसभाबाट उपमहानगरकी उपप्रमुख संगीताकुमारी चौधरीले गत असार १० गते प्रस्तुत गरेको बजेट सर्वसम्मत रूपमा पारित भएको हो ।

पारित बजेटअनुसार, चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात कुल बजेटको ४०.७९ प्रतिशत छुट्याइएको छ । वित्तीय व्यवस्थापन अन्तर्गत साँवा–ब्याज भुक्तानीका लागि ९० लाख अर्थात ०.३५ प्रतिशत तोकिएको छ ।

त्यस्तै, पूँजीगत खर्चतर्फ एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात कुल बजेटको ५८.८६ प्रतिशत विनियोजन गरिएको उपमहानगरले जनाएको छ । बजेटमा भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिदै इटहरी उपमहानगरको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन गरिने, सहरलाई व्यवस्थित र आकर्षक बनाउन सडक निर्माणसँगै सडक क्षेत्रमा रोड फर्निचर र सौन्दर्यीकरणका कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ ।

असार १० मै प्रस्तुत गरिएको बजेट विवाद हुदा अहिलेसम्म पारित गरिएको थिएन ।