शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

इटहरी उपमहानगरको बजेट पारित

इटहरी उपमहानगरको बजेट पारित

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • इटहरी उपमहानगरको बजेट पारित

    इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२- ८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको छ ।

    शनिबार सम्पन्न नगरको १६औं नगरसभाबाट उपमहानगरकी उपप्रमुख संगीताकुमारी चौधरीले गत असार १० गते प्रस्तुत गरेको बजेट सर्वसम्मत रूपमा पारित भएको हो ।

    पारित बजेटअनुसार, चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात कुल बजेटको ४०.७९ प्रतिशत छुट्याइएको छ । वित्तीय व्यवस्थापन अन्तर्गत साँवा–ब्याज भुक्तानीका लागि ९० लाख अर्थात ०.३५ प्रतिशत तोकिएको छ ।

    त्यस्तै, पूँजीगत खर्चतर्फ एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात कुल बजेटको ५८.८६ प्रतिशत विनियोजन गरिएको उपमहानगरले जनाएको छ । बजेटमा भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिदै इटहरी उपमहानगरको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन गरिने, सहरलाई व्यवस्थित र आकर्षक बनाउन सडक निर्माणसँगै सडक क्षेत्रमा रोड फर्निचर र सौन्दर्यीकरणका कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ ।

    असार १० मै प्रस्तुत गरिएको बजेट विवाद हुदा अहिलेसम्म पारित गरिएको थिएन । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट