Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

रुकुम पूर्वको कृषि विकास बैंकका प्रबन्धक आफ्नै निवासमा मृत फेला

रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठाना स्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक आफ्नै निवासमा मृत फेला परेका छन् ।

सल्यानको बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल सो बैंकमा प्रबन्धकका रूपमा कार्यरत ५२ वर्षीय शिवशंकर गिरी शनिबार दिउँसो अचेत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार दिउँसो करिब २: ५० बजे गिरी अचेत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

चेकजाँचका क्रममा चिकित्सकले अपरान्ह ४:२० बजे गिरीको मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीले अहिले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।