एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम आजदेखि (साउन २९ गते) निष्काशनमा आएको छ । यो योजना एनआईसी एशिया क्यापिटल लिमिटेड द्वारा व्यवस्थापन गरिने म्युचुअल फण्ड हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । क्यापिटलले १० करोड इकाईमध्ये बीज पूँजीबापत कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ १२ गतेसम्म लम्बिनेछ ।
बिक्री अवधि (थप समयसहित) भित्र कम्तीमा ५० प्रतिशत, अर्थात ५० करोड इकाईमा आवेदन प्राप्त भएमा बाँडफाँट गरिनेछ । त्यसभन्दा कम आवेदन परेमा योजना खारेज भई १५ दिनभित्र रकम फिर्ता गरिनेछ ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । म्युचुअल फण्डको निष्काशनका लागि इन्फोमेरिक्सले कोष प्रवद्र्धकलाई आईआरएन ट्रिपल बी इस्यूअर र इक्रा नेपालले योजना व्यवस्थापकलाई केयरएनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेका छन् ।