Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

संसदमा राप्रपाको प्रश्न: खतिवडाले राजीनामा मात्र दिएर पुग्छ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले नैतिकताको आधारमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएर संसद्को गरिमा बढेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आज (बिहीबार) को बैठकमा बोल्दै उनले कसैले नियतवस् गरेको हो भने राजीनामा दिएर पुग्छ कि पुग्दैन ? भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘नैतिकताको आधारमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले राजीनामा दिनु भएको छ । राजीनामा दिएकै आधारमा सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन ? नियमवस् कुनै प्रलोभनमा गरिएका कुरा भए नैतिकता देखिएर राजीनामा दिएर पुग्ने हो कि होइन ? नियतवस गल्ती गर्ने व्यक्ति सजायको भागी भएन भने यो प्रक्रियामा जति पनि सांसदहरू हुनुहुन्छ कुनै न कुनै कारणवस् राजीनामा दिने अवस्था आउँछ ।’

उनले भिजिट भिसा प्रकरणमा आफूहरूले सकारात्मक सोचका साथ छानबिन समिति माग गरेको पनि बताएका छन् । आफूहरूको मागअनुसार छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद् बहिष्कार गरिरहने पनि बताए ।