शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपा र राप्रपाको आजपनि संसदको बैठक बहिस्कार

रास्वपा र राप्रपाको आजपनि संसदको बैठक बहिस्कार

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • रास्वपा र राप्रपाको आजपनि संसदको बैठक बहिस्कार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद डा. चन्दा कार्की र राप्रपाका सांसद ध्रुब बहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    सांसद कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभामा गरेको टिप्पणी आपत्तिजनक रहेको भन्दै आफुहरुको आन्दोलन जारी रहने बताएकी थिइन् ।  त्यस्तै राप्रपा सांसद प्रधानले छानबिन समिति गठन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने बताए ।  

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।   

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार