शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अर्जुन तेन्दुलकरले गरे इन्गेजमेन्ट

अर्जुन तेन्दुलकरले गरे इन्गेजमेन्ट

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • अर्जुन तेन्दुलकरले गरे इन्गेजमेन्ट

    भारतका महान क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरको इन्गेजमेन्ट भएको छ ।

    इन्डिया टुडेको रिपोर्ट अनुसार, अर्जुनले सानिया चण्डोकसँग इन्गेजमेन्ट गरेका छन् । सानिया मुम्बईका प्रसिद्ध व्यापारी रवि घईकी नातिनी हुन् । घई परिवार आतिथ्य र खाद्य क्षेत्रमा परिचित छ, जसको इन्टरकन्टिनेन्टल होटल र आइसक्रिम ब्रान्ड ब्रुकलिन क्रिमरी छ ।

    रिपोर्ट अनुसार, अर्जुन र सानियाले नजिकका साथीहरू र दुवै परिवारका सदस्यहरूको उपस्थितिमा एक निजी कार्यक्रममा इन्गेजमेन्ट गरेका छन् । यद्यपि, तेन्दुलकर र घई परिवारले अहिलेसम्म इन्गेजमेन्टको कुनै आधिकारिक घोषणा वा वक्तव्य जारी गरेको छैन ।

    २५ वर्षीय अर्जुन बायाँ हाते फास्ट बलर अलराउन्डर हुन् जसले घरेलु क्रिकेटमा गोवाको प्रतिनिधित्व गर्छन् र आईपीएलमा मुम्बई इन्डियन्सबाट पनि खेल्छन् । यसअघि, उनले जुनियर स्तरमा मुम्बईको प्रतिनिधित्व गरेका थिए र भारतको अन्डर-१९ टोलीमा स्थान बनाएका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार