Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अशोक राई र राजेन्द्र महतोबीच आज एकता उन्मुख कार्यगत एकता हुँदै

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ । दुवै दलबीच आज कार्यगत एकता घोषणा गर्ने तयारी भएको छ ।

कुनै समय एकै दलमा रहेका अशोक राई र राजेन्द्र महतो हाल अलग अलग पार्टी बनाएर राजनीति गरिरहेका छन् ।

आज दिउसो ३ बजे नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेशमा हुने कार्यक्रममा दुवै दलबीच एकता उन्मुख कार्यगत एकता हुने बताइएको छ ।