Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रधानमन्त्री ओलीलाई मनिष झाको प्रश्नः रवि खराब भएको कुरा थाहा थियो भने त्यो बेला किन गठबन्धन?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासनको सूचक भनेको सदनको मन्तव्य नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकपश्चात उनले सुधार, सुशासन र सार्वजनिक सेवाको सूचक भनेको सदनको मन्तव्य नभएको भन्दै सार्वजनिक सेवामा सुधार भएको बताए । 

उनले भने, ‘सुशासनको कुरामा के हुन्छ भने सुशासनको सूचक भनेको सदनको मन्तव्य होईन् । सुशासनको सूचक भनेको सार्वजनिक सेवामा सुधार हो । सदनमा जति नै मिठो भाषण गर्नु हुन्छ भनेपनि लाइसेन्स लिदा कहिले पाइन्छ भन्ने ठेगान छैन्, बिजुली पानीको ठेगान छैन् । पासपोर्ट लिदाँ कति कुर्नु पर्छ त्यसको ठेगान छैन्, कारागारमा मान्छे सुरक्षित छैनन् । यो हो सूचक भनेको । सुधार, सुशासन र सार्वजनिक सेवाको सूचक भनेको सदनको मन्तव्य होईन्, सेवा नै हो ।’

यस्तै, उनले सभापति खराब भएको कुरा थहा थियो भने त्यो बेला किन गठबन्धन गरेको प्रश्न गर्दै पार्टनरसिपमा हुदाँ एकदम राम्रो भन्ने पार्टनरसिपबाट हटेपछि नराम्रो भन्ने राजनीतिक संस्कारको कमि यहीबाट देखिएको बताए । 

उनले भने, ‘सभापति जी खराब भएको कुरा थहा थियो भने त्यो बेला किन गठबन्धन गर्नुभयो, अहिले नयाँ पार्टनर भेटिएपछि मेरो पूर्व पार्टनर खराब थियो भनेर भन्दै हिन्नु हुन्छ भने तपाई आफूलाई राम्रो पार्टनर होईन् । किनभने तपाई पार्टनरसिपमा हुदाँ एकदम राम्रो भनेर भन्ने पार्टनरसिपबाट हटेपछि नराम्रो भन्ने राजनीतिक संस्कारको कमि त्यहीबाट देखियो ।’