Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

निर्वाचन आयोगले गर्‍यो रास्वपाको केन्द्रीय समिति अध्यावधिक

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीसहितको कार्यसमिति अध्यावधिक गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले रास्वपाको केन्द्रीय समिति पदाधिकारी तथा सदस्य हेरफेर भएको विवरण अध्यावधिक गर्ने निर्णय गरेको हो । यस अघि अघि आयोगले रास्वपाको कार्यसमिति अध्यावधिक नहुदा तत्कालिन महामन्त्री डा. मुकुल ढकालले आफु अहिले पनि महामन्त्री रहेको दाबी गर्दै आएका थिए ।

यसै विषयमा ढकालले दायर गरेको रिट समेत सर्वोच्च अदालतले मंगलबार खारेज गरेपछि रास्वपाको पदाधिकारी विवाद सकिएको छ ।

अध्यावधिक भएको विवरण अनुसार रास्वपाको १० जनाको पदाधिकारी रहेको छ भने  ६२ सस्यीय केन्द्रीय समिति रहेको छ ।