शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिदैन: प्रधानमन्त्री ओली

बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिदैन: प्रधानमन्त्री ओली

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिदैन: प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता दिने कानुन ल्याउन लागेको हल्ला चलाएको भन्दै त्यस्तो कानुनी ल्याउन नलागेको स्पष्ट गरेका छन् । 

    बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउन लागिएको हल्ला चलाइएको बताउदै बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान नगरिने बताएका हुन् । 

    उनले भने- 'केहि हल्लाहरु चल्ने गरेका छन्, जसको आधार छैन, तर एउटा विषय बहुत सेन्सेटिभ भएर उठेको छ,  हल्ला कसले चलायो ? सरकारले थाहा पाएको छैन । मैले थाहा पाएको छैन । कहाँबाट आउँछ त्यो ? बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागिएको छैन र बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन ।' 

    उनले सामाजिक जागरण, सामाजिक न्याय, महिला हकअधिकारका लागि लडेर आएका पार्टीको सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने हल्ला कसले चलायो भन्दै प्रश्न गरे । उनले अरु पनि यस्ता हल्ला चलाइएको भन्दै आफु त्यसको पछि नलाग्ने स्पष्ट गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार