Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

लक्ष्मी आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंकको पाल्पा शाखाले गर्‍यो सहयोग

माछापुच्छ्रे बैकको पाल्पा शाखाले रिब्दिकोट गाउँपालिका वडा न ५ मा अवस्थित लक्ष्मी आधारभूत विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण गरेको छ। विद्यार्थीहरूको दैनिक एसेम्ब्ली तथा अन्य विविध कार्यक्रम संचालनको लागि सहजीकरण हुने र बाल कक्षा संचालनको लागि कार्पेटले ठूलो भुमिका खेल्ने भन्दै बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमको अध्यक्षता सोही विद्यालयको प्रधानध्यापक मिना कुमारी पचभैयाले गरेकी थिइन भने प्रमुख अतिथिको रुपमा बैंकका शाखा प्रबन्धक बिक्रान्त राणाले गरेका थिए । कार्यक्रममा बैंकका सञ्चालक प्रमुख शिवम पचभैया, कनिष्ठ सहायक सुमन पराजुली, वीरेन्द्र रावल, नारायण झेडी लगायत शिक्षक शिक्षिका, विद्यार्थीहरुको उपस्थिति थियो।

उक्त कार्यक्रममा शाखा प्रबन्धक राणाले ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालयहरुलाई सहयोग गर्न पाउँदमा खुसी गरे । आगामी दिनहरूमा यस्ता कार्यक्रम पुन गर्ने प्रतिबद्धता जाहेर गरे । सोही स्कूलका प्रधानध्यापक पचभैयाले यस्तो किसिमको सहयोग विद्यालयमा पहिलो पटक भएको भन्दै बैंकलाई धन्यवाद दिइन ।