शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रचण्ड लक्षित प्रधानमन्त्रीको प्रश्न: सरकार नढलेपछि अहिले रूची छैन भनिदिने?

प्रचण्ड लक्षित प्रधानमन्त्रीको प्रश्न: सरकार नढलेपछि अहिले रूची छैन भनिदिने?

‘ढुक्क भए हुुन्छ ०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ’

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • प्रचण्ड लक्षित प्रधानमन्त्रीको प्रश्न: सरकार नढलेपछि अहिले रूची छैन भनिदिने?

    प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण कायम रहने दाबी गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो,’ उनले भनेका छन् ।

    तर, विपक्षी दलहरूलाई किन स्थिरता अप्रिय लागेको ? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे । ‘तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसदमा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो,’ प्रधानमन्त्री ओलीले भने, ‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहने जस्तो अस्थिरताको यो पक्षपोषण के–का लागि ?’

    अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही समीकरण रहने उनले दाबी गरे । ‘देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ,’ प्रधानमन्त्री ओलीले भने ।

    ‘कीर्तिपुर रंगशाला निर्माणको काम हेर्न सँगै जाने भए पनि जाऔं’
    प्रधानमन्त्रले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । उनले रंगशालामा प्याराफिट र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका दाहालले निर्माण ढिलाई भएको भन्दै संसदमा प्रश्न उठाएका थिए । प्रधानमन्त्री ओलीले रंगशालाको निर्माण प्रक्रियामा प्रतिक्रियावादी अवरोध, गलत मनसायसहितका मुद्दा र प्रतिकल मौसमका बाबजुद काम अघि बढेको बताए । प्याराफिट र फ्लडलाइट जडान सकिएपछि दोस्रो चरणको काम अघि बढाइने पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार