शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैनः सांसद सिहं

गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैनः सांसद सिहं

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैनः सांसद सिहं

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले गल्ति नगरेको भए जस्तो सुकै छानबिन आयोग आएपनि डराउन नपर्ने बताएका छन् । 

    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे बोल्दै कल्याण श्रेष्ठ वा  शुशिला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरे । उनले  बदमासि गर्नेले सजाय पाउने भन्दै उच्च स्तरको छानबिन समिति गठन गर्न आग्रह गरे ।

    ‘भिजिट भिसाको काण्डले यो सदनमा मात्र होइन विदेशमा बसेका हाम्रा नेपालीहरुको शिर निहुराउने अवस्थामा पुगिसकेको छ । राप्रपाले भिजिटभिसाको विरोध गरेको होइन तर भिजिट भिसाका नाममा नेपालीसँग तल देखि माथिल्लो तह सम्मका मान्छेहरुको मिलिमत्तोमा  पटक पटक पैसा असुली धन्दा निरन्तर चलि रहेको छ । त्यसैले उच्च स्तरको छानबिन समिति होस् भन्दै माग राख्दै आएको छ । उच्च स्तरिय आयोग बनाउन कस्ले रोकेको छ । यो सदनका सम्पूर्ण माननियसँग म अनुरोध गर्न चाहान्छु कल्याण श्रेष्ठ या शुशिला कार्कीको अध्यक्षतामा यो छानबिन समिति गर्रौँ यदी बदमासि यदी कसैले गरेको छ भनेदेखि सजाय उस्ले पाउन पर्छ । जस्ले बदमासि गरेको छैन भने जस्तो सुकै छानबिन आयोग बनाएपनि के फरक पर्छ ’ उनले भने ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार