शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नाउपाको अध्यक्षमा रञ्जिता नै कायम, लालवीरलाई दिएन आयोगले मान्यता

नाउपाको अध्यक्षमा रञ्जिता नै कायम, लालवीरलाई दिएन आयोगले मान्यता

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • नाउपाको अध्यक्षमा रञ्जिता नै कायम, लालवीरलाई दिएन आयोगले मान्यता

    नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी नै कायम भएकी छन् । रञ्जिता श्रेष्ठलाई हटाउँदै नाउपाको एक समूहले राष्ट्रिय भेलामार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो ।

    अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रञ्जिता नै अध्यक्ष भएको आयोगले हिजो राति निर्णय गरेको आयोग स्रोतले जानकारी दिएको छ ।

    निर्णय गर्नुभन्दा पहिले लालवीर र रञ्जितालाई आयोगले पत्र काटेको थियो । दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए । उनीहरूको जवाफ, ऐन, कानुन र विधानको आधारमा रहेर रञ्जितलाई नै अध्यक्ष कायम गरिएको आयोगले जनाएको छ ।

    पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि नाउपाले रञ्जितालाई स्पष्टिकरण मागेको थियो । उनले आरोपका विषयमा स्पष्टिकरण नदिएपछि एक भेलाले पार्टीको साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट बर्खास्त गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार