शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

संघीय संसदका पाँच समितिको बैठक बस्दै

संघीय संसदका पाँच समितिको बैठक बस्दै

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • संघीय संसदका पाँच समितिको बैठक बस्दै

    आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।

    आज प्रतिनिधि सभाको अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

    आज बिहान ११ बजेदेखि सुरु हुने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफलको कार्यसूची रहेको छ ।

    त्यस्तै आज बिहान १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कैलाली कारागारको घटना बारे गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ । त्यसैगरी बिहान १० बजेदेखि शुरु हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

    त्यस्तै आज बिहान ११ बजेदेखि शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरु सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरु बारे छलफल हुने कार्यसुची रहेको छ ।   

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट