Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रूपान्तरण कक्षाको समीक्षा कार्यक्रम सम्पन्न (फोटोफिचर)

सर्लाहीको हरिपूर्वा र पर्सा पालिकामा रूपान्तरण कक्षाको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । वर्ल्ड  भिजन इन्टरनेशनल नेपालको सहयोग तथा बागमती सेवा समाज नेपालकाको आयोजनामा बालस्पोन्सरशिप परियोजना अन्तर्गत संचालन गरिएको समीक्षा बैठकमा पर्सा र हरिपूर्वा पालिकाको २४ जना  साथि सहजकर्ता सहभागी गराइएको सोही कार्यक्रममा गुणस्तर नियन्त्रण अधिकारी सुरेश कर्णले जानकारी दिएका छन्।

WhatsApp Image 2025-08-12 at 19.55.48_dc4cded7.jpg

कार्यक्रममा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका जनप्रतिनिध,कर्मचारी एवं सहजकर्ताको संयुक्त उपस्थिति रहेको थियो। कार्यक्रमको सम्बोधन हरिपुर्वा न.पा.का नगरप्रमुख बिनोद साह,वडा न.१ का वडाअध्यक्ष श्यामबाबु राय, वडा न.८ का वडाअध्यक्ष रामेश्वर राय कार्यपालिका सदस्यगन लगायत दुइवटै पालिकाकाको तर्फबाट बिभिन्न शाखाका कर्मचारीहरुले गरेका थिए। 

WhatsApp Image 2025-08-12 at 19.55.51_fcc6f690.jpg

हरिपुर्वा न.पा.का नगरप्रमुख बिनोद साह तथा पर्सा गाउँपालिकाकि महिला तथा बालबालिका शाखाको प्रमुख चन्दा यादव भन्छन्- 'यो कार्यक्रम बाट रूपान्तरण कार्यक्रम सञ्चालन नभएको खण्डमा हामीले पालिका बाट बजेट छुट्याएर रूपान्तरण कक्षालाई निरन्तरता दिनेछु' भन्दै प्रतिबद्धता समेत जनाएका छन्।

WhatsApp Image 2025-08-12 at 19.55.50_4c05f61f.jpg

उक्त समिक्षा कार्यक्रमले हाम्रो समाजमा बालबालिकाले आफ्नो आत्मरक्षा,बाल विवाहको अन्त्य,लागुपदार्थको निर्मुलन र घरेलु हिंसाको निर्मुलन गरि समाजमा  सकारात्मक परिवर्तन भएको प्रष्टयाएको देखियो। बालबालिकाले आफ्नो समाजमा भएको नकारात्मक कुरालाई पछ्याउँदै समाजको हितमा हुने कार्य गरेको कार्यक्रम संयोजक राम नारायण शाहले बताएका छन्। उक्त कार्यक्रमको सहजीकरण पिंकी शर्मा र नेहा यादवले गरेका थिए।