Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा आकर्षका छुट

एनआईसी एसिया बैंक र माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पाबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

उनका अनुसार समझदारीसँगै बैंकका ग्राहकहरूले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै यो सुविधा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा पनि लागू हुने उनले जानकारी दिए ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पासँगको यस सहकार्यले यस बैंकका ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकको छ ।