शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

श्रावण २६, २०८२ सोमवार
श्रावण २६, २०८२ सोमवार
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ । बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला बैंक साँफेबगर शाखाका शाखा प्रवन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरे ।

    उक्त कार्यक्रममा अस्पतालका निर्देशक डा. पाठकले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा विरामीको उपचारका लागि अक्सिजन ब्यवस्थापन गर्न सहज हुने बताए । ५० बेडको यस अस्पतालमा दैनिक दुई सयदेखि दुई सय पचास जनासम्म र बार्षिक ७० देखि ८० हजारसम्म विरामीले उपचार सेवा लिने गरेको निर्देशक डा.पाठकले बताए ।

    बैंकले आ.व. ०८०–८१ को सामाजिक संस्थागत उत्तरदायित्व (सीएसआर) अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृती गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट