Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाली क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक नासा सेक्युरिटिज

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आज (आइतबार) काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र मुख्य प्रायोजक नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता भएसँगै नयाँ जर्सी सार्वजनिक गरिएको हो।

जर्सीको अगाडि भागमा नासा सेक्युरिटिज लेखिएको छ। जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो। टेन्डरमा विभिन्न कम्पनीहरूले आवेदन भरेका थिए।

cricket1.jpeg

नेपाली टोली टी–२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया प्रस्थान गर्नुअघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो। नेपालले अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी–२० सिरिज खेल्दैछ। आगामी अगस्ट १४ देखि २४ सम्म हुनेछ।

नेपालले यस वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो।

can1.jpeg

उक्त सिरिजमा भाग लिने टोलीमा एक सदस्य परिवर्तन भएको छ। ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन्। ललितकी आमाको निधन भएपछि उनी जान पाएनन्।