Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

फेस अफ पोखरा भि–टुको उपाधि समाइरा र अमिरलाई

पोखरामा आयोजित भव्य फेसन प्रतियोगिता फेस अफ पोखरा भि–टुका को उपाधि समाइरा विश्वकर्मा र अमिर विश्वकर्माले क्रमशः महिला र पुरुष तर्फबाट जित्न सफल भएका छन्।  फेसन, प्रतिभा र आत्मविश्वासको प्रदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले पोखराका युवायुवतीहरूमा लुकेका कला र क्षमतालाई उजागर गरेको थियो।

कार्यक्रममा दिव्या कुमारी यादव प्रथम रनरअप, दोजिन गुरुङ दोस्रो रनरअप बनेका छन्। विशेष उपाधिहरू अन्तर्गत समाइराले ‘बेस्ट वाक’, दोजिनले ‘मोस्ट कन्फिडेन्ट’, दिव्याले ‘मोस्ट ब्यूटिफुल’ तथा अमिरले ‘मोस्ट ह्यान्डसम एण्ड फोटोजेनिक’ र ‘भ्युअर्स च्वाइस’ उपाधि हात पारेका छन्।

Photo (8).jpeg

प्रतियोगिताको कोरियोग्राफी चर्चित मोडल सन्देश श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संयोजन श्रीजना कुँवर क्षेत्रीले गरेकी थिइन्। कार्यक्रममा उपस्थित प्रमुख अतिथिहरूले यस्तो प्रतियोगिताले युवाहरूको प्रतिभा प्रस्फुटन गर्न मात्र नभई व्यक्तित्व विकास र भविष्य निर्माणमा पनि सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।

प्रतियोगिता युवायुवतीहरूका लागि फेसन र मोडलिङको क्षेत्रमा भविष्य निर्माण गर्ने सुनौलो अवसरको रुपमा स्थापित भएको आयोजकको विश्वास छ।