Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन कतिमा हुँदैछ सुनको कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २ सयले घटेर तोलाको एक लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको अहिलेसम्मकै उच्च एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य सामान्य बढेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३२५ मा कारोबार भएको थियो ।