Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मोहमद आदीलमाथि आठै टिमले लगाए बोली, लक्की ड्रबाट काठमाडौँ गोर्खाजमा आबद्ध

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा मोहमद आदील आलम काठमाडौँ गोर्खाजमा आबद्ध भएका छन् ।

ए क्याटोगोरीमा रहेका आदीललाई सबै आठ फ्रेन्चाइजीले बोली लगाएका थिए । आठ टिम अधिकतम सीमा १५ लाखमा पुगेपछि लक्की ड्र बाट काठमाडौँ गोर्खाजमा पुगेका हुन् ।

गत सिजनमा प्रतिबन्धका कारण अदिल एनपीएल खेलेका थिएनन् ।