शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एनपीएलको अक्सन सुरु

एनपीएलको अक्सन सुरु

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • एनपीएलको अक्सन सुरु

    नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडीको लिलामी (अक्सन) सुरु भएको छ। अहिले दिउँसो ३ः४५ बजेबाट अक्सन सुरु भएको हो । अक्सनका लागि क्यानले १५० खेलाडीको समावेश छन् ।

    एनपीएलमा सहभागी आठ टोलीले चाहेका र क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा राखिएको क्यानले जानकारी दिएको छ ।

    अक्सनमा समावेश खेलाडीलाई विभिन्न श्रेणीमा बाँडिएको छ । श्रेणी ‘ए’ मा आठ खेलाडी छन् । जसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् ।

    यस्तै श्रेणी ‘बी’ मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ खेलाडी छन् । यस्तै श्रेणी ‘सी’ मा १०७ खेलाडी छन् ।

    यसअघि एनपिएलका टोलीहरूले पहिलो संस्करणमा खेलेका खेलाडीमध्येबाट मार्की खेलाडीसहित केही खेलाडी रिटेन गरेका थिए । बाँकी खेलाडी छनोटका लागि यो अक्सन राखिएको हो । अक्सनको प्रत्यक्ष प्रसारण एनपीएलको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भइरहेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार