Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एनपीएलको अक्सन सुरु

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडीको लिलामी (अक्सन) सुरु भएको छ। अहिले दिउँसो ३ः४५ बजेबाट अक्सन सुरु भएको हो । अक्सनका लागि क्यानले १५० खेलाडीको समावेश छन् ।

एनपीएलमा सहभागी आठ टोलीले चाहेका र क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा राखिएको क्यानले जानकारी दिएको छ ।

अक्सनमा समावेश खेलाडीलाई विभिन्न श्रेणीमा बाँडिएको छ । श्रेणी ‘ए’ मा आठ खेलाडी छन् । जसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् ।

यस्तै श्रेणी ‘बी’ मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ खेलाडी छन् । यस्तै श्रेणी ‘सी’ मा १०७ खेलाडी छन् ।

यसअघि एनपिएलका टोलीहरूले पहिलो संस्करणमा खेलेका खेलाडीमध्येबाट मार्की खेलाडीसहित केही खेलाडी रिटेन गरेका थिए । बाँकी खेलाडी छनोटका लागि यो अक्सन राखिएको हो । अक्सनको प्रत्यक्ष प्रसारण एनपीएलको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भइरहेको छ ।