उत्तर कोरियाले जारी एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।
शुक्रबार सम्पन्न समुह ए को खेलमा उत्तर कोरियाले भुटानलाई १०-० गोल अन्तरले पराजित गरेको हो । यस अघि पहिलो खेलमा साउदी अरेबियालाई १५-० गोल अन्तरले पराजित गरेको थियो ।
यो जितसँगै उत्तर कोरियाले २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै भुटान भने २ खेलमा एक अंकसहित तेस्रो स्थानमा पुगेको छ भने अब एशिया कपमा छनौट हुने सम्भावना सकिएको छ । त्यस्तै समुह ए मा साउदी अरेबियाले पनि लगातार दुई हार बेहोरेर बाहिरिएको छ । यस समुहमा रहेको नेपालले एक जित र एक बराबरी खेलेर ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
नेपालले अब आइतबार उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ । ८ समुहका समुह विजेता र दोस्रो स्थानमा रहेका उत्कृष्ट तीन देश छनौट हुने हुनाले अब नेपालको उत्तर कोरीयाको नतिजाको आधारमा नेपाल छनौट हुने नहुने तय हुने छ ।
-
शुक्रवार, श्रावण ३० २०८२