Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाली सेनाले सुरु गर्‍यो  खुर्कोट बेलीब्रीजको मर्मत कार्य

रामेछापका साथै दोलखा, ओखलढुङ्गा र सोलुखुम्बुका केही भागलाई राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने सडकको खुर्कोटमा जडान गरिएको बेलीब्रीजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ । पुलमा लचकपन देखिनु, नटबोल्ट खुकुलो हुनु र पाता हल्लिन थालेपछि बिहीबारदेखि मर्मत कार्य अघि बढाइएको हो ।

खड्गदल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धी गणबाट खटिएको नेपाली सेनाको इन्जिनियरिङ युनिटले मर्मत मर्मतकार्य भइरहेको छ । पुलको नियमित अनुगमनका क्रममा देखिएको समस्या समाधान गर्न मर्मत प्रक्रिया थालिएको जनाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।

Photo (1) (1).jpg

थापाका अनुसार बेलीब्रीजमा प्रयोग गरिएका थुप्रै नट–बोल्टहरू लुज भएका छन् । लुज भएका नट–बोल्ट कस्ने र आवश्यक परे नयाँ फेर्ने काम भइरहेको छ ।  सवारी आवागमनमा लामोसय अरोध नहुने गरी पुल मर्मतको काम भइरहेको थापाले बताए । ‘पुलमा कुनै क्षति नभएको भए पनि समय समयमा मर्मत आवश्यक पर्छ सोही अनुसार अहिलेको मर्मत भएको हो, केही घण्टा काम गर्दै आएका सवारी साधनलाई पास गर्दै पठाउने गरी मर्मतको काम भइरहेको छ’, उनले भने ।

Photo (4).jpeg

गत वर्षको असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले पुलको ५१ मिटर भाग बगाएपछि उक्त बेलीब्रीज  राखिएको हो । गत कात्तिक ६ गतेदेखि  सो बेलिब्रिज सञ्चालनमा ल्याइएको हो । नेपाली सेनाले आपतकालीन अवस्थाको मूल्यांकन गरी छोटो समयमा बेलीब्रीज जडान गरेको थियो । खुर्कोट पुल रामेछाप र सिन्धुलीको भौगोलिक सीमानामा रहेको महत्वपूर्ण पूर्वाधार हो । जसले पहाडी जिल्लाइ तराइ र राजधानी काठमाडौंसँग जोडेको छ ।