एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ । खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ । प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन् ।
नेपालले आजको खेलमा बराबरी वा हारको नतिजा आए नेपालको एसियन कपमा छनोट हुने सम्भावना सकिनेछ । त्यसैले नेपालले आजको खेलमा साउदीमा फराकिलो जित हासिल गर्ने रणनीतिमा मैदान उत्रनेछ ।
प्रतिक्रिया दिनुहोस्