Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सूनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको एक हजारले बढेर तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुनको मुल्य तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो । 

सुनको मूल्य यस अघि साउन २० गते तोलामा एक लाख ९८ हजार ५ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मुल्य कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।