शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नियमावली अनुसार नै शिक्षक अभिभावक संघ बन्नुपर्छ: शिक्षामन्त्री पन्त

नियमावली अनुसार नै शिक्षक अभिभावक संघ बन्नुपर्छ: शिक्षामन्त्री पन्त

श्रावण २२, २०८२ बिहिवार
श्रावण २२, २०८२ बिहिवार
  • नियमावली अनुसार नै शिक्षक अभिभावक संघ बन्नुपर्छ: शिक्षामन्त्री पन्त

    शिक्षामन्त्री रघुजी पन्तले नेपाल सरकारको नियमावली अनुसार नै  शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका छन् ।

    बिहीबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले उनले नियमावली अनुसार शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका हुन् । 

    उनले भने, ‘अभिभावक संघका सम्बन्धमा नियमावलीमा एउटा बन्दोबस्त छ । शिक्षक अभिभावक संघ भन्ने छ । त्यो नेपाल सरकारको नियमावलीमा रहेछ । त्यसैले यो अभिभावक संघलाई त्यही शिक्षक अभिभावक नियमावलीले चिन्ने भएकाले सोही अनुसार संघ बनाइदिंदा राम्रो हुन्छ ।’

    उनले उपसमितिको प्रतिवेदनलाई सरकारले सकारात्मकरुपमा लिएको भन्दै केही विषयमा संशोधन गर्न आवश्यक रहेको बताए ।  यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले उपसमितिको प्रतिवेदन पढेर सुनाएका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार