शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

फिफा वरियतामा महिला टोलीको ‘छलाङ’

फिफा वरियतामा महिला टोलीको ‘छलाङ’

श्रावण २२, २०८२ बिहिवार
श्रावण २२, २०८२ बिहिवार
  • फिफा वरियतामा महिला टोलीको ‘छलाङ’

    फिफा वरियतामा नेपाली महिला टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७ औं स्थानमा पुगेको छ ।

    नेपाली महिला टोलीले हासिल गरेको यो हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । जुन रेकर्डलाई पनि उछिनेर नयाँ सफलता हासिल भएको हो ।

    यसअघि १००औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ४६.४९ अंक बढेर नयाँ वरियतामा ८७औं स्थानमा पुगेको हो । एसियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा छ । नेपालले महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो ।

    यस प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार आएको हो । फिफा वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकी टोली दोस्रोमा झरेको छ । पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार