Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न शिक्षा समितीको बैठक बोलाइयो

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक विहीबारका लागि बोलाइएको छ । बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

यस अघि पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको थिएन ।  यस अघि गत असर २२ गतेनै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो ।

सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।