शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपाका पालिका सभापति बलात्कार आरोपमा पक्राउ

रास्वपाका पालिका सभापति बलात्कार आरोपमा पक्राउ

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • रास्वपाका पालिका सभापति बलात्कार आरोपमा पक्राउ

    सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति बलात्कार आरोपमा पक्राउ परेका छन् ।

    लिखुपिके गाउँपालिका–२ का बासिन्दा समेत रहेका रास्वपा गाउँ सभापति रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो । बलात्कार आरोपपछि फरार उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले दिएको जानकारी अनुसार बस्नेतमाथि फरक क्षमताकी महिलालाई बलात्कार गरेको आरोप छ । २०८१ साल साउन ६ गतेको उक्त घटनापछि उनी फरार थिए ।

    घटनाको वर्ष दिन भन्दा बढी समय बितेपछि पक्राउ परेका उनलाई काठमाडौंबाट सोलु ल्याएर बुधबार सात दिनका लागि अदालतबाट म्याद थपिएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

    Police-lt.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार