शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राष्ट्रपति पौडेलद्वारा रविन्द्र ढाँट सम्मानित

राष्ट्रपति पौडेलद्वारा रविन्द्र ढाँट सम्मानित

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • राष्ट्रपति पौडेलद्वारा रविन्द्र ढाँट सम्मानित

    राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई सम्मानित गरेका छन् । बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले ढाँटलाई सम्मान गरेका हुन् ।

    राष्ट्रपति पौडेलले उनको जितले देशकै गौरव बढाएको बताउदै खेलाडीहरूको भविष्य खेलकुद क्षेत्रमै सुरक्षित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । उनले भने- 'देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन् ।’

    नेपालका एमएमएन फाइटर रविन्द्र सोमबार काठमाडौं आइपुगेका थिए ।  उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका थिए । तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट जितेका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार