शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

लिचीबारी प्रकरणमा मधेसी मूलको सोझो मन्त्रीलाई छपक्क ढालियो, बाङ्गो जस्ताको त्यस्तै

लिचीबारी प्रकरणमा मधेसी मूलको सोझो मन्त्रीलाई छपक्क ढालियो, बाङ्गो जस्ताको त्यस्तै

तपाईंहरूले रास्वपा र राप्रपालाई गाली गरेको कुरा जनताले पत्याइ दिनुपर्ने?

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • लिचीबारी प्रकरणमा मधेसी मूलको सोझो मन्त्रीलाई छपक्क ढालियो, बाङ्गो जस्ताको त्यस्तै

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संविधान संशोधन, सुशासन र स्थिरताको प्रतिबद्धता गर्दै गठन भएको वर्तमान सरकार पूर्णतः असफल भएको आरोप लगाएका छन् ।

    प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाएका हुन् । उनले सरकार गठनको उद्देश्यअनुसार संविधान संशोधन प्रक्रिया नथालेको, समन्वय नगरेको र सुशासन प्रवद्र्धनमा असफल भएको आरोप लगाए ।

    उनले पोखराको लिचिबारी जग्गा प्रकणमा मधेसी मूलका सोझा मन्त्रीलाई पदमुक्त गरिएको तर मुख्य आरोपिलाई संरक्षण गर्ने काम भइरहेको पनि आरोप लगाए । सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्न प्रतिपक्षी दल सधैं तयार रहेपनि सरकार भ्रष्टाचार र अनियमितता गर्नमै व्यस्त रहेको उनको आरोप छ । उनले लोकप्रियतावादको विरोध गरेर मात्र केही उपलब्धी नहुने भन्दै सरकारलाई व्यवहारिक सुधार र परिणाममुखी कार्यमा ध्यान दिन आग्रह गरे ।

    ‘तपाईहरूले रास्वपा र राप्रपालाई गाली गरेको कुरा जनताले पत्याइ दिनुपर्ने ?’
    नेकपा माओवादी केन्द्रले रास्वपा र राप्रपासँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद माधव सापकोटाले महिनौँसम्म सदन बहिष्कार गर्दा पनि वार्ता नगरेको भन्दै असन्तुष्टि जनाए ।

    उनले भने, ‘समाजमा प्रियतावादीहरू हुन्छन्, तर उनीहरूलाई गाली गरेर सरापेर के फाइदा छ । रास्वपा र राप्रपाका सांसदहरूले जे गरिराख्नु भएको छ । त्यो मिलेको छैन । तर लोकतन्त्र भनेको यही हो ? महिनौँसम्म दुई पार्टीले बहिष्कार गरेर बाहिर जाने, एक पटक बोलाएर संवादसम्म नगर्ने के कुरा हो ? भनेर छलफल नगर्ने । तिनीहरूलाई यहाँ गाली गरेर जनताले पत्याइ दिनु पर्ने ? कसैले पत्याउँदैनन् ।’

    उनले सरकारले आर्थिक सुधार, सुशासन र संविधान संशोधनको एजेण्डा अघि सारेको भए पनि अहिलेसम्म केही नभएको दाबी गरे । उनले सरकारमा रहेका मन्त्रीहरू नै भ्रष्टाचार काण्डमा पर्दा पनि संरक्षण गरिरहेको आरोप लगाए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट