शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एकताको चर्चाबीच नारायणकाजी र विप्लवबीच एक घण्टा छलफल

एकताको चर्चाबीच नारायणकाजी र विप्लवबीच एक घण्टा छलफल

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • एकताको चर्चाबीच नारायणकाजी र विप्लवबीच एक घण्टा छलफल

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । विप्लवले श्रेष्ठ निवास हात्तीवन पुगेर करिब एक घण्टा छलफल गरेका हुन् ।

    दुई नेताबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चा, माओवादीको एकतासम्बन्धी निर्णयलगायतको विषयमा छलफल भएको जनाइएको छ । माओवादीको स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।

    तर नेकपाले भने माओवादीले निर्णय गर्दैमा तत्कालै एकता नहुने प्रतिक्रिया जनाएको छ । दुई पार्टीबीच एकताको चर्चा विगतदेखि नै चल्दै आइरहेको छ ।

    विप्लवले यसअघि माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट