शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्धार सामाग्री हस्तान्तरण

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्धार सामाग्री हस्तान्तरण

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • एनएमबि बैंकद्वारा प्रहरीलाई उद्धार सामाग्री हस्तान्तरण

    एनएमवि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा १६ विटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य विपद् उद्धार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आज काठमाडौंको रानीपोखरी स्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरिक्षक टेक बहादुर तामाङलाई औपचारिक रुपमा हस्तान्तरण गरे । उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेछहरु र अन्य आपतकालिन उपयोगी सामग्रीहरु समावेश छन् ।

    मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरुको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार